भारतमा एक नेपालीको करेन्ट लागेर मृत्यु

sc mahendra

बैतडीः भारतमा एक नेपालीको करेन्ट लागेर मृत्यु भएको छ ।
रोजगारीको सिलसिलामा भारतको अम्बलामा रहेका बैतडीको सुर्नया गाउँपालिका-७ कठमडा तल्ला गाउँका ३४ वर्षीय जयराम साउँदको करेन्ट लागेर मृत्यु भएको हो ।

पारिवारिक श्रोतको अनुसार पानीको मोटर चलाउने बेला करेन्टर लागेर सोमवार उनको मृत्यु भएको हो ।

गएको मंसिरमा मात्रै रोजगारीका लागि भारत गएका साउँदको मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ। पैसा कमाउनका लागि भारत गएका छोराको मृत्यु भएपछि उनकी आमा गुन्नादेवी साउँद विक्षप्त अवस्थामा रहेकी छन्। उनको घरमा वृद्ध आमा, श्रीमती र दाजुभाउजु रहेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.