भत्ता बुझेर घर फर्किरहेका एक बृद्ध मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बैतडी– बैतडीमा भत्ता बुझेर घर फर्किरहेका एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर-६ रोडि बस्ने धनसिंह भण्डारी मृत फेला परेका हुन् ।
७१ वर्षीय भण्डारी ३ र ४ नम्बर वडाको सिमाना पर्ने गोगनपानी भन्ने ठाउँमा मृत अवस्थामा फेला परेको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टले बताइन् ।
वडा नम्बर ३ स्थित कुलाउँको नविल बैंकबाट बृद्ध भत्ता बुझेर घर फर्किरहेका भण्डारी मृत फेला परेका हुन् ।
बिहान भण्डारी मृत अवस्थामा स्थानीयले देखेपछि गाउँपालिकालाई खबर गरेको उनले बताइन् । भण्डारीको टाउकोमा चोट लागेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशिको कमाण्डमा खटीएको प्रहरी टोली पनि अहिले घटनास्थल तर्फ गइरहेको छ । घटना सम्बन्धि अनुसन्धान हुने प्रहरी निरिक्षक जोहिले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.