ओल्के पर्वको अवसरमा सुदूरपश्चिम भरी आज सार्वजनिक बिदा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ १
आज भदौ १ गते शुक्रबार। ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। सुदूरपश्चिम प्रदेशमा भदौ १ गते (आज)का दिन ओल्के पर्व मनाइने भएकाले सार्वजनिक बिदा दिइएको हो।

असारे र साउने झरी सकिएलगत्तै दैवीय प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पहाडी जिल्ला तथा भारतको कुमाउ र गढवालमा तिर पनि ओल्के पर्व मनाउने प्रचलन रहेको छ। ​​​​​​​ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको मुख्य विशेषता हो।

गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सद्भाव बाँड्ने गरिन्छ।

यसै दिन गाउँ नजिकको अग्लो डाँडाको टाकुरामा सवै भेला भएर रुख काटेर एक ठाउँमा थुप्रो बनाईन्छ। यस थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ।

यसरी बनाईएको बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकै पटक निकाली एकै साथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.