डडेल्धुराको आलितालमा एक वडा सदस्य माथि कुटपिट भएको छ । जिल्लाको आलिताल गाउंपालिका वडा न. ८ का वडा सदस्य छबिलाल बोहरा माथि तिन जनाको समुहले कुटपिट गरेको हो ।
गए राती करिब ८ बजे आलितालकै वडा न. ४ को जालटुडा सडकमै स्थानिय व्यक्तिहरुले आफु माथि अनायासै मदिरा पिएर कुटपिट गरेको वडा सदस्य बोहराले बताए । उनले भने आफु मोटरसाइकलमा घरतिर आउदै गर्दा बाटोमा मोटरसाइकल बन्द भए पछि बनाउन रोकिएको समयमा एक्कासी आएर कुटपिट गरे । कुटपिट पछि आफुलाई टोउको र हातमा चोट लागेको बताए । चोट लागे पनि आफनो अबस्था भने सामान्य भएको बताएका छन् । सोहि रात उक्त समुहले बालकल्याण आधारभुत बिद्यालयका शिक्षक कृष्ण बोहरा माथि पनि आकम्रणको प्रयास गरेको बोहराले बताएका छन् । बोहरा माथि आक्रमण गर्दा बोहराको मोबाइलमा क्षति पुगेको छ । आक्रमणको प्रयास भए पछि बोहराले प्रहरी कार्यालय आलितालमा छानबिनको लागी निबेदन समेत दिएका छन् । घटनामा संलग्न आलिताल ४ कटौजी बस्ने भरत रावत, सोहि ठाउं बस्ने टेक खड्का र जनक बिष्टलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाइएको छ ।
You might also like