धनगढीका दुई अस्पताल गैरकानूनी,बन्द गर्न प्रशासनको निर्देशन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः धनगढीका दुई अस्पताल बन्द गरिने भएको छ।

Dadeldhura Hospital

सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको बजार अनुगमन समितिले धनगढी चटकपुरको स्वस्तिक अस्पताल र संजिवनी अस्पताल बन्द गर्न निर्देशन दिएको हो। दुबै अस्पताल दर्ता नभई सञ्चालनमा आएको पाइएकाले मङ्गलबार अनुगमन समितिले तुरुन्त बन्द गर्न अस्पताल सञ्चालकहरूलाई निर्देश दिइएको हो। निर्देशनको अवज्ञा गरिए बुधबार अस्पताल सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्थानीय प्रशासनको निर्देशनपछि बुधबारबाट अस्पताल बन्द गर्नुपर्ने निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए। अस्पताल बन्द गरे नगरेको बुधबार फेरि अनुगमन गरिने बताइएको छ। कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, एक सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.