parwat hotel
Citizan

विद्यार्थीलाई चौरमा निकाल्दा जोगीयो मानवीय क्षति

bhageswar small
alital janahit

असोज १७ हिजो भूकम्प गईरहदा बझाङका विद्यालयमा पठनपाठन भइरहेको थियो । दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएपछि कतिपय विद्यालयले विद्यार्थी चौरमा निकाल्नुका साथै स्थानीय बासिन्दा घरबाहिर निस्किँदा मानवीय क्षति टरेको छ ।

lali

जयपृथ्वी नगरपालिका– ४ गोलाईमा रहेको बालविकास माविका शिक्षक नरेन्द्रराज उपाध्यायले भने, ‘पहिलो भूकम्प आउँदा कक्षा चलिरहेको थियो । विद्यार्थीलाई चौरमा निकाल्यौँ, शिक्षक–कर्मचारी पनि चौरमा बस्यौँ । लगत्तै ठूलो भूकम्प आएर भवन भत्काएको हो । चौरमा ननिस्केको भए ठूलो क्षति हुने रहेछ ।’ यो विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी गरी तीन सयजना छन् । भूकम्पले बालविकास माविको दुईतले भवनको दुईवटा कोठा पूरै ढलेका छन् भने ६–७ वटा कक्षाकोठा बस्न नमिल्ने गरी भत्किएका छन् । त्यसबाहेक कार्यालय पनि चर्केको उनले बताए ।

glam &
Citizan

भूकम्पका कारण जयपृथ्वीकै सत्यवादी मावि, भवानी साप्रावि, तलकोट गाउँपालिकाको सुनिकोट माविका भवनमा पनि क्षति पुगेको छ । तलकोट गाउँपालिकाका उपाध्यक्ष पार्वतीकुमारी भण्डारीका अनुसार भूकम्पले वडा नम्बर १ को कार्यालय भत्किएको छ । ‘विद्यालयका भवन पनि भत्किएका छन् । बचेका विद्यालय भवन पनि चिरा परेको छ,’ भण्डारीले भनिन् ।

भूकम्पका कारण भएको क्षतिको यकिन विवरण आइसकेको छैन । तर, सदरमुकाम चैनपुर क्षेत्रमा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरतबहादुर शाहले बताए । उनका अनुसार भूकम्पका कारण तीन दर्जन घर भत्किएका छन् । ‘विद्यालय, वडा कार्यालयसहित सरकारी र निजी गरी तीन दर्जन भवनमा भत्किएका छन्  |

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.