new year2082 desk
Citizan

डडेल्धुराको आलितालमा एक बालक माथी निर्घात कुटपिट

bhageswar small
alital janahit
lali

डडेल्धुराको आलितालमा एक बालक माथी निर्घात कुटपिट भएको छ । कुटपिट गर्ने ब्यक्ती पक्राउ परेका छन ।
जिल्लाको आलिताल गाउँ पालिका वडा न.३ नागपानी बस्ने १६ बर्षिया बिबेक थापा माथी कुटपिट भएको हो । कुटपिट गर्ने आलिताल -३ कै करण बोहरालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भांटले जानकारी दिए । गए राती गाउँको एक विबाह भोजमा सामान्य बिबाद हुदा बोहराले थापालाई लठ्ठीले हानेर गम्भीर घाइते बनाएको भांटले बताए । घाइते थापालाई अहिले धनगढीको मायामेट्रो हस्पिटलमा उपचार भइरहेको थापाका बुवा हरिलाल थापाले बताए । थापाका अनुसार बिबेकलाई टाउकोमा गम्भीर चोट लागेको छ । अप्रेशनको तयारी भइरहेको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.