डडेल्धुरा । डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ ।
जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा परेर मृत्यु भएको हो ।
आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडेर चुुनाराको मृत्यु भएको हो ।
चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।