धनगढीमा ट्र्याक्टर पल्टिँदा २१ वर्षका समीर रानाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : धनगढीमा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने २१ वर्षका समीर राना रहेका छन् ।

Dadeldhura Hospital

प्रहरीका अनुसार शनिवार धनगढी-१५ कनरीमा से १ त ९७५४ नम्बरको ट्र्याक्टरको पछाडिको टायर पड्किएर ट्र्याक्टर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका समीरको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा हिजो राति मृत्यु भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

ट्र्याक्टर र चालक घोडाघोडी नगरपालिका-१० बस्ने २२ वर्षका अविशेक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.