गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।

पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको हो।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइते सबैको पाल्पामा उपचार भइरहेको छ।

बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा १३ जना सवार रहेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.