डडेल्धुरा : आलितालबाट १५ क्युन्टल अबैध झ्याउ बरामद गरिएको छ । डडेल्धुरा जिल्लाको आलिताल गाउंपालिका वडा न. ३ को साउनेट भन्ने स्थानमा ईश्वर बोहराको बाझो घरमा लुकाई छिपाई राखेको अबैध झ्याउ अनुमानित १५ कुन्टल आज बिहान सब डिभिजन वन कार्यालय आलितालबाट खटिएको टोलीले बरामद गरेको हो ।
बरामद गरेको अबैध झ्याउलाई अहिले सब डिभिजन वन कार्यालयका आलिताल ल्याइदै गरेको फोरेस्टर गणेश भट्टले जानकारी दिए । भट्टका अनुसार बन कार्यालयको नियमानुसार वनको इआइ नभएको र कार्यालयले झ्याउ जस्ता जडीबुटी संकलन तथा बिक्री वितरण गर्न अनुमति समेत नदिएको अवस्थामा संकलन गरी राखेको झ्याउ बरामद गरिएको बताए । उनले गत विगतमा पनि आलितालको उक्त क्षेत्रबाट डोटीको गैरा बजारमा संकलन गरि डोटीबाट छुटपुर्जी बनाई चोरी निकासी हुने गरेको बताए । घर धनि ईश्वर बोहरा विगत केहि बर्ष देबि घर भन्दा बाहिर नै बस्दै आइ्हेका छन् , संकलन गरि भण््डारण गरिएको झ्याउ कस्को हो भन्ने अनुसंधान गरिरहेको समेत भट्टले बताए ।
झ्याउ एक प्रकारको वनस्पति हो । जुन ढूसी र लेउ प्रजातिका वनस्पति मिलेर बनेको हुन्छ । ढुसी उमार्नमा सहयोग गर्ने लेउहरु करिब ३० देखि ४० प्रजातिका हुन्छन् । लेउले प्रकाश शष्लेषण गरी खाना बनाउने र यसको बाहिरी भागमा रहेको ढुसीले वनस्पतिलाई सुरक्षाका साथै पानी र खाद्यपदार्थ प्रदान गरेको हुन्छ ।
झ्याउ विभिन्न स्वरुप र रङका हुने भए पनि सामान्यतया खरानी, हल्का हरियो, सेतो, पहेंलो रङका हुन्छन् । तराईदेखि हिमालसम्मै पाइने भए पनि समशितोष्ण क्षेत्र यसका लागि उपयुक्त मानिन्छ । झ्याउविज्ञ डा.हरिप्रसाद भट्टराईका अनुसार यो एकदमै ढिलो बढ्छ भने १–२ वर्षमा मर्दै जान्छ । धेरै अनुुसन्धान भएको छैन । वनस्पति विभागको ‘प्लान्ट्स अफ नेपाल’ का अनुसार नेपालमा ७७१ प्रजातिका झ्याउ पाइन्छ ।