अझै फेला परेकी छैनन् खोलामा बगेकी प्रतिभा 

sc mahendra

डडेल्धुरा :  डडेल्धुराको परशुराममा खोलामा बगेर एक छात्रा वेपत्ता भएकी प्रतिभा धामी अझै फेला परेकी छैनन्।

 

अबिरल बर्षाका कारण जम्रानी खोलामा आएको बाढीले शुक्रबार विहान जिल्लाको परशुराम नगरपालिका–८ बस्ने उज्वल सिंह धामीका  १५ वर्षीया छोरी प्रतिभा धामीलाई खोलाले बगाएको थियो ।

 

बिहान करिब ८ बजेको समयमा बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा जम्रानी खोलामा बगेकी प्रतिभा अझै फेला परेकी छैनन् । आफन्तका अनुसार उनिसंगै थप दुई जना संगै खोला तर्दै थिए , सोहि क्रममा एक छात्र सकुसल छन् भने अर्का छात्रा पनि केहि तल सम्म बगेका थिए, उनलाई सामान्य चोट लागेको छ । संगै खोला तदै गरेका प्रतिभालाई भने खोलाले बगाएको बताए । उनि कक्षा १० मा अध्ययनरत थिइन् । उनको अहिले स्थानियको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.