parwat hotel
Citizan

कैलालीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका भरतको मृत्यु

bhageswar small
alital janahit

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एकजनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८प ८९९७ नम्बरको मोटरसाइकल आफैं  अनियन्त्रित भएर दुर्घटना भएको थियो।

glam &
Citizan
lali

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ४० वर्षीय भरत भाट र पछाडि सवार रहेकी १७ वर्षीया अनिसा भाट घाइते भएका थिए।

चालक भरतको टाउको र हातखुुट्टामा चोट लागेको थियो। उनको उपचारको क्रममा गएराति ११ः५ बजे माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै अनिसाको हात र खुट्टामा चोट लागेको र उनको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.