कैलालीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका भरतको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एकजनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८प ८९९७ नम्बरको मोटरसाइकल आफैं  अनियन्त्रित भएर दुर्घटना भएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ४० वर्षीय भरत भाट र पछाडि सवार रहेकी १७ वर्षीया अनिसा भाट घाइते भएका थिए।

चालक भरतको टाउको र हातखुुट्टामा चोट लागेको थियो। उनको उपचारको क्रममा गएराति ११ः५ बजे माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै अनिसाको हात र खुट्टामा चोट लागेको र उनको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.