
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका– ७ ठुलागडाका तिर्थ धानुक मृत भेटिएका छन् । १० दिनदेखि हराएका उनी आज (बुधबार) परशुराम ७ महाकाली नदीस्थित श्रीकुण्डमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको खोजीमा परिवार र आफन्त जुटिरहेकोमा आज बिहान शव महाकाली नदिमा फेला परेको हो । अहिले घटना स्थलमा प्रहरी प्रहरी पुगिरहेको छ ।

उनका श्रीमती र एक छोरी छन् ।



