भारतमा बैतडीका एक युवकको भिरबाट लडेर निधन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः भारतमा बैतडीका एक युवकको भिरबाट लडेर निधन भएको छ।

Dadeldhura Hospital

जिल्लाको सिगास गाउँपालिका–८ लुपुण मल्लाडौडका २८ बर्षीय प्रेमसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको सिगास गाउँपालिका वडा नम्बर(८ का वडा अध्यक्ष केशबबहादुर बोहराले बताए। भारतको पिथौरागढमा काम गर्दै आएका बोहरा मंगलबार साँझ ५ बजेतिर काम सकेर कोठातर्फ फर्कने क्रममा भिरबाट लडेका थिए। बोहरा भिरबाट लडेर करीब १५० मिटर तल खसेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भिरबाट लडेर गम्भीर घाइते भएका बोहरालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको अध्यक्ष बोहराले बताए। उनी डेढ महिना अघिमात्रै रोजगारीका लागि भारतको पिथौरागढ गएका थिए। मृतक बोहराको घरमा श्रीमती र चार जना छोराछोरी रहेका छन्

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.