अर्जुन ट्रफी:भुवन कार्कीको नेतृत्वमा बैतडीको टिम घोषणा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा। कैलालीको धनगढीमा यही माघ १९ गतेबाट आयोजना हुन लागेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीले पनि टिम घोषणा गरेको छ ।
बैतडीको दशरथ चन्द एकेडेमीले भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । उक्त टोलीमा विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी रहेका छन् । टिममा विभागीय एपिएफका खेलाडी अमरसिंह रौटेलासहित दिवान पुन, रुपेश सिंह, बसन्त खत्री, खड्क बोहरा, दिपक बोहोरा रहेका छन् ।

Dadeldhura Hospital

यसैगरी, प्रदीप चन्द, हिमाल दौल्याल, जनक सुनार, दिपक चन्द, लोकेश चन्द, सुमित बडाल र सल्लाउद्धिन खान बैतडीको टिममा रहेका छन् । बैतडीले माघ २० गते सिवाइसी अत्तरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माघ २२ गते न्यु होराइजन बुटबलसँग खेल्ने छ भने माघ २४ गते क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेन्डरमा समावेश गरेर यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोट्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउने छन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमको सहभागिता रहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.