चर्चित गायिका एलिना चौहानको भावुक स्टाटसः “हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम”

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

लोकप्रिय गायिका एलिना चौहानले आफ्नो वैवाहिक जीवनको अन्त्य भएको खुलासा गर्दै सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी छिन्। उनले पति विष्णुसँगको विछोडको विषयमा मनछुने शब्दमार्फत आफ्ना भावना पोखेकी हुन्।

उनको स्टाटसमा विवाहको गहिरो अर्थ र सम्बन्धमा आएको विच्छेदलाई गहिरो भावनात्मक अभिव्यक्तिका साथ प्रस्तुत गरिएको छ। एलिनाले लेखेकी छिन्, “अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्।”

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनले विवाहलाई केवल सिन्दूर, चुरा र प्रमाणपत्रमा सीमित नठहराउँदै आपसी विश्वास र भावनात्मक मिलनलाई वैवाहिक जीवनको मुख्य प्राण भनेकी छिन्।

सम्बन्धमा आएका उतार-चढावका कारण दुवै पक्षले अलग्गिने निर्णय गरेका छन्। उनले विष्णुप्रति शुभकामना व्यक्त गर्दै लेखेकी छिन्, “आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।”

गायिका एलिनाको यो भावुक स्टाटसले उनका शुभचिन्तक र फ्यानहरूको ध्यान तानेको छ। धेरैले उनको निर्णयको सम्मान गर्दै आगामी जीवनका लागि शुभकामना दिएका छन्।

सन्दर्भ:  एलिना चौहानको सामाजिक सञ्जाल स्टाटस

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.