बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बैतडीः घाँस काट्ने क्रममा बैतडीमा एक महिलाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–४ डबराली टाक घर भएकी २३ वर्षीया दिपा बोहरा महराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो।
आइतवार दिउसो घाँस काट्ने क्रममा वडा नम्बर ४ कै जयसिंया भिरबाट लडेर महराको घटनास्थलमै मृत्यु भएको सुर्नया गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ४ का वडाअध्यक्ष प्रताप सिंह महराले जानकारी दिए। मृतक महिलाको श्रीमान् रोजगारीको शिलशिलामा भारत गएका छन्। घरमा ८ महिने छोरा एक्लै रहेका छन्। आफन्तले छोराको रेखदेख गरिरहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.