बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारकाे मृत्यु

sc mahendra

बैतडी:बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्‍याइएको थियो, तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली खटिएको छ। मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमा राखिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.