धनगढीको सरोज मेडिकलमा पहिलो पटक ग्राण्डी हस्पिटलका डा. सुनिल कुमार मरिक आउने

सुदूरपश्चिममा पहिलो पटक पाचन रोग विशेषज्ञ सेवा उपलब्ध

sc mahendra

धनगढी, चैत्र १० – सुदूरपश्चिममा पहिलो पटक पाचन रोग विशेषज्ञ (Gastroenterologist) सेवा उपलब्ध हुन लागेको छ।

धनगढी चौराहस्थित सरोज मेडिकल मा यही चैत्र २३ गते ग्राण्डी इन्टरनेशनल हस्पिटल, काठमाडौंमा कार्यरत डा. सुनिल कुमार मरिक आउने भएका छन्।  सरोज मेडिकलका सञ्चालक सन्ध्या साहुका अनुसार, पाचन प्रणालीसम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले उक्त अवसरमा विशेषज्ञ सेवा लिन सक्नेछन्।

उपचार तथा परामर्श सेवा:

✔ पेटमा जलन, एसिडिटी
✔ बारम्बार हिच्की आउनु
✔ मुखमा तितो वा अमिलो पानी आउनु
✔ फैटी लिभर तथा लिभर सुन्निने समस्या
✔ पीलिया, लिभर सिरोसिस
✔ खाना निल्न कठिनाइ
✔ हेपाटाइटिस (A, B, C, D, E)
✔ अल्सरेटिभ कोलाइटिस
✔ पेटको टी.बी. तथा क्यान्सरसम्बन्धी परामर्श
✔ कब्जियत तथा ग्यास्ट्रिक समस्या

सञ्चालक शाहुका अनुसार, सुदूरपश्चिममै पहिलो पटक पाचन रोग विशेषज्ञ सेवा उपलब्ध हुन लागेको हुँदा यस अवसरलाई बिरामीहरूले नछुटाउन अनुरोध गरिएको छ।

धनगढी चौराहास्थित विशाल नगर जाने सडकमा रहेको सरोज मेडिकल वर्षौंदेखि स्वास्थ्य सेवा दिँदै आएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.