नेकपा एसद्वारा राजावादी हिंसात्मक गतिविधिको विरोधमा देशव्यापी अभियान चलाउने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – नेकपा एकीकृत समाजवादीले राजावादीको हिंसात्मक गतिविधिको कडा भर्त्सना गर्दै देशव्यापी रूपमा भण्डाफोर गर्ने निर्णय गरेको छ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले शुक्रबार राजावादी समूहद्वारा हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड, र लुटपाटजस्ता आपराधिक तथा जनविरोधी क्रियाकलाप भएको भन्दै त्यसको घोर निन्दा गरेको जनाएको छ। पार्टीले यस्ता घटनाको विरुद्धमा देशव्यापी रूपमा भण्डाफोर गर्ने निर्णय गरेको बताएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार हिंसात्मक घटनाका विरोधमा चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी तथा जनसंगठनहरूलाई विरोध प्रदर्शन गर्न निर्देशन दिइएको छ। उनले तथाकथित राजावादी प्रदर्शनको नाममा भएका हत्या, हिंसा, आगजनी, तोडफोड, र लुटपाटका दोषीहरूमाथि कडा कानूनी कारबाहीको माग गरे।

ज्वालाले सुरक्षाकर्मीको प्रभावकारी परिचालन गर्न नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै, यस्तो कमजोरीप्रति पनि विरोध गर्ने निर्णय गरिएको बताए। उनले नेकपा एकीकृत समाजवादी प्रतिगामी षड्यन्त्र, दरबारिया अराजकता, र पश्चगमनविरुद्ध संघर्षरत भएकाले प्रतिक्रियावादीहरूद्वारा लक्षित बनाइएको धारणा व्यक्त गरे।

यसै अवसरमा, पार्टीले राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.