आलितालद्वारा ४०० जना सुनौला हजार दिनका आमाहरुलाई तरकारी बिउ तथा तालिम प्रदान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुराको आलिताल गाउँपालिकामा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत हजार दिनका आमाहरुलाइ तरकरिका बीउ बिजन तथा तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत कृषि बिकाश शाखा आलितालको आयोजनामा ८ वटै वडा गरी ४०० जना सुनौला १००० दिनका आमाहरुलाई तरकारी कम्पोजीत किट बीउ वितरण सँगै तरकारी खेती सम्बन्धी तालिम सञ्चालन गरिएको कृषि शाखा प्रमुख लक्ष्मण कामिले जानकारी दिनुभयो । आलितालका प्रत्येक वडाहरुमा गएर आफुहरुले सुनौला हजार दिनका आमाहरुलाइ बीउ बिजन दिने काम गरेको उहाले बताए । अन्तरास्ट्रिय स्तर मै कुपोषणको समस्या निराकरन गर्ने कार्यलाइ सामाजिक,आर्थिक तथा मानविय विकासका साथै दिगो बिकासको लक्ष्य प्राप्त गर्न यस्तो कार्यक्रम चलाइएको स्वास्थ्य शाखा प्रमुख धन बहादुर क्षेत्रिले बताउनु भयो । उनले भने १००० दिनको अबधिमा आमा र बच्चा दुबै लाई पोषण युक्त खानाको आबस्य पर्ने भएकोले पनि यो कार्यक्रम प्रभावकारि भएको बताए । १००० दिन नपुगेका बच्चाहरुलाई समयमै पोषण युक्त खाना दिन सके कुपोषणबाट बच्ने र आमालाई पनि फाइदा हुने भएकाले यस्तो कार्यक्रम प्रभावकारी रहेको कृषि प्राबिधिक प्रकाश घर्तीमगरले जानकारी दिनु भयो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.