नेकपा एमालेको ७६औँ स्थापना दिवस:डडेल्धुरामा बिरामीहरूलाई फलफूल वितरणसहित सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस मंगलबार देशभर विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ। नेकपा एमालेको आयोजनामा देशभर विविध गतिविधिहरू गरी स्थापना दिवस मनाइएको हो।

डडेल्धुरामा नेकपा एमालेले जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्दै दिवस मनाएको छ। “दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताविरुद्ध जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको निर्माण गरौं” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

फलफूल वितरण कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र बहादुर शाहीले सम्पूर्णलाई स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो। समसामयिक राजनीतिक विषयमा बोल्दै उहाँले इतिहास नदोहोरिने विश्वास व्यक्त गर्दै राजावादी आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनुभयो।

Dadeldhura Hospital

अध्यक्ष शाहीले राजा ज्ञानेन्द्रको शाहीकालमा २०६२/६३ को जनआन्दोलनसम्म चार वर्षमा पाँच जना प्रधानमन्त्री बनाइएको, सडक सञ्जाल ७ हजार किलोमिटरमा सीमित रहेको उल्लेख गर्नुभयो। अहिले सडक सञ्जाल करिब १ लाख किलोमिटरसम्म विस्तार भएको तथ्य प्रस्तुत गर्दै, जनताको औसत आयु ५१ वर्षबाट बढेर ७१ वर्ष पुगेको, र कुल ग्राहस्थ उत्पादन ३ खर्बबाट ५३ खर्ब पुगेको जानकारी दिनुभयो।

कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा अमरगढी नगरपालिकाका पूर्वमेयर विश्वेश्वर प्रसाद ओझा, प्रदेश कमिटी सदस्य तथा पूर्वजीविका सभापति गजेन्द्र बहादुर शाही, जिल्ला र पालिका कमिटीका प्रतिनिधिहरू, विभिन्न जनवर्गीय संगठनका प्रमुखहरूको पनि उपस्थिति थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.