बैतडीमा बोलेरो जिप दुर्घटना, चालक घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी :  बैतडीमा बोलेरो जिप दुर्घटना भएको छ। बैतडीबाट शिवनाथ शर्माली तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०-१-०-०-१ च ४१८० नम्बरको जिप शिवनाथ गाउँपालिका-२ स्थित भित्री सडक खण्ड फट्केढुङ्गामा दुर्घटनामा परेको हो।

Dadeldhura Hospital

शुक्रबार दिउँसो साढे दुई बजेतिर जिप दुर्घटना परेको र जिप चालक शिवनाथ गाउँपालिका-२ देगडा बस्ने २८ बर्षीय योगेन्द्र भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

चालक भट्टको दुबै खुट्टामा चोट रहेको र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बडुले बताउनुभयो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.