डडेल्धुराको प्रशासनमा नयाँ नेतृत्व आउदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा जनार्दन गौतम नियुक्त हुने भएका छन्। हालका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको गृह मन्त्रालय सरुवापछि गौतमलाई पठाइएको हो।

Dadeldhura Hospital

गौतम यसअघि गुल्मी जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। उनी डडेल्धुरामा आउने तेस्रो सहसचिव सिडिओ हुन्। यसअघि सहसचिव तहबाट जगन्नाथ पन्त र बन्धुप्रसाद बास्तोला यहाँ कार्यरत भइसकेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डडेल्धुरामा लामो समयदेखि उपसचिव तहका सिडिओले कार्यसम्पादन गर्दै आएका थिए। यसपटक भने गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा उपसचिव सावित्रा पुनलाई पनि खटाएको छ। हाल उनी सल्यान जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छिन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.