डडेल्धुराको परशुराममा सर्पदंशबाट किशोरको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका १३ वर्षीय प्रकाश भट्टको सर्पदंशबाट मृत्यु भएको छ।

Dadeldhura Hospital

शिवशंकर मावि सादनीमा कक्षा ९ मा अध्ययनरत भट्टलाई आज (बिहीबार) बिहान घरको आँगनमै सर्पले डसेको थियो। तत्कालै उनलाई नजिकैको जोगबुडा अस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनको मृत्यु भइ सकेको जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रकाश भट्ट परशुराम–७ सादनीका देबदत्त भट्टका छोरा हुन्। मृतकको शव अहिले पोस्टमार्टमका लागि राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.