बैतडीमा हावाहुरीले स्वास्थ्य चौकीमा ठूलो क्षति, प्रयोगशाला सेवा अवरुद्ध

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बैतडी : बैतडीमा पानीसँगै आएको हावाहुरीले रुख ढल्दा स्वास्थ्य चौकी भवनमा क्षति पुगेको छ।शुक्रबार पाटन नगरपालिका–१ मा रहेको सकार स्वास्थ्य चौकी भवनमा सल्लोको रुख ढल्दा एक कोठामा पूर्ण र अर्कामा आंशिक क्षति पुगेको स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र भट्टराईले बताए। ‘रुखले प्रयोगशाला राखेको कोठामा पूर्ण क्षति गर्दा ५ लाख बराबरको नोक्सान गरेको छ’ उनले भने, ‘कुपोषण उपचार गर्ने कोठामा आंशिक क्षति गरेको छ।’

प्रयोगशालाको सामान टुटफुट भएर काम नलाग्ने भएका छन्। स्वास्थ्य चौकीमा प्रयोगशला सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरुले सामान्य जाँचका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा जानु पर्ने इन्चार्ज भट्टराईले बताए। स्वास्थ्यकर्मीहरु अर्को कोठामा हुँदा मानवीय क्षति हुन पाएन। स्वास्थ्य चौकी भवनको छत टिनको पाताले छाएको र भवन पुरानो हुँदा बढी क्षति भएको पाटन १ का वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.