बैतडीमा मृत भेटिइन् अनमी भागरथी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी: बैतडीमा एक अनमी मृत भेटिएकी छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी कुँवर मृत फेला परेकी हुन्।

पुर्चौंडी नगरपालिका–१० विजयपुरमै घर भएकी कुँवर घरबाट स्वास्थ्यचौकी टाढा भएकाले कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। आफ्नै बस्ने कोठामा आइतबार राति ८ बजेतिर कुँवर झुण्डिएको अवस्थामा फेला परेको बताइन्छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

मृतक कुँवरका श्रीमान् नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमामा कार्यरत रहेको बताइएको छ। उनी गत वैशाखमा मात्रै विवाह बन्धनमा बाँधिएकी विजयपुर स्वास्थ्यचौकीका प्रमुख रामबहादुर महराले बताए।

आफ्नै कोठामा अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.