डडेल्धुरामा सागर ढकालले थालनी गरे समाजसेवा, ‘श्रमबार’ मनाउन आह्वान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेर चर्चा कमाएका सागर ढकाल ३ वर्षपछि डडेल्धुरा फर्किएका छन्। फर्किएसँगै उनले समाजसेवामुखी कामको थालनी गरेका छन्।

Dadeldhura Hospital

शनिबार उनले बाटो तथा नाउला सरसफाइ अभियान सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत ‘६ दिन काम, १ दिन श्रम’ भन्ने नारासहित ‘श्रमबार’ अभियान सुरु गर्ने घोषणा गरेका छन्। ढकालले देशभर शनिबारलाई श्रम दिवसको रूपमा मनाउन सबैलाई आग्रह समेत गरेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पेशाले इन्जिनियर रहेका ढकाल विगतमा विभिन्न देशमा काम गर्ने अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका थिए। केही दिनअघि मात्र डडेल्धुरा पुगेका उनीबारे स्थानीयवासीले चुनावपछि फर्केनन् भन्ने गुनासो गरेका थिए। तर, अब भने केही वर्षसम्म स्थायी रूपमा डडेल्धुरामै बसेर सामाजिक कार्य गर्ने योजना उनले सार्वजनिक गरेका छन्।

हालै रवी लामिछानेको पक्षमा हस्ताक्षरसमेत गरेका ढकालको आगामी गतिविधि कस्तो रहने हो भन्ने प्रतीक्षा स्थानीयले गरिरहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.