बैतडीकी जानकी पुजारा उत्कृष्ट नर्स अवार्डबाट सम्मानित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बैतडी : बैतडीको सिगास गाउँपालिका–४, कान्धारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी(स्वास्थ्यकर्मी) जानकी पुजारा, हालै स्वास्थ्य क्षेत्रमा देखाइएको अतुलनीय साहस र मानवताको लागि “उत्कृष्ट नर्स अवार्ड” बाट सम्मानित भएकी छन्। यो प्रतिष्ठित सम्मान स्वास्थ्यखबर फाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड अन्तर्गत काठमाडौंमा स्वास्थ्यखबर पत्रिकाको १६औँ वार्षिकोत्सव अवसरमा, १३औँ संस्करणको कार्यक्रम मार्फत प्रदान गरिएको हो।

जानकी पुजाराले दुर्गम क्षेत्रमा रहेर, कुनै उपकरणको सहज पहुँच नभएको अवस्थामा लगातार ६ घण्टासम्म मुखबाट कृत्रिम सास दिँदै नवजात शिशुको ज्यान बचाउने साहसिक कार्य गरेकी थिइन्। यस्तो अद्वितीय सेवा भाव, धैर्य र मानवता देखाइएको प्रदर्शनले उनमा देशव्यापी प्रशंसा र सम्मानको पात्र बनाएको हो। सोमबार सम्पन्न कार्यक्रममा विभिन्न ९ विधामा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई अवार्ड दिइएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.