बैतडीमा ब*ञ्चरो प्र*हारबाट काकीको ह*त्या

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी – बैतडीको सिगास गाउँपालिका–२ पेडेगोदामा एक व्यक्तिले आफ्नै काकीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार स्थानीय ३० वर्षीय यज्ञसिंह धामीले आइतबार राति करिब साढे ११ बजेतिर सुतिरहेकी काकी ३४ वर्षीया बेलमती धामीमाथि बञ्चरो प्रहार गरेका थिए। घटनास्थलमै गम्भीर घाइते भएकी बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

मृतकको शवलाई पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। यता हत्यामा संलग्न यज्ञसिंह धामीलाई प्रहरी नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

एकल महिला रहेकी मृतक बेलमतीका ४ छोरी र एक छोरा रहेका प्रहरीले जनाएको छ। हत्याको कारण भने अहिलेसम्म खुलेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.