डा. भीम रावल ‘नेकपा’मा प्रवेश गर्ने पक्का, मातृभूमि जागरण अभियान नेकपामा विलय हुँदै

sc mahendra

काठमाडौं । नेकपा (एमाले) बाट निष्कासनमा परेपछि स्वतन्त्र राजनीतिक अभियान सञ्चालन गर्दै आएका पूर्व उपप्रधानमन्त्री डा. भीम रावल अब प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने पक्का भएको छ।

नेकपाका युवा नेता सुदेश पराजुलीका अनुसार, विभिन्न तहका नेताहरूसँग भएको चरणबद्ध छलफलपछि रावलको ‘मातृभूमि जागरण अभियान’ नेकपामा विलय हुने तयारी पूरा भएको हो। पराजुलीसँगै मोहन गौतम, जीवन राईलगायतका नेताहरूले पनि डा. रावलसँग भेट गरी एकता प्रक्रियालाई अन्तिम रूप दिएका छन्।

स्रोतका अनुसार, यसै साताभित्र एक औपचारिक कार्यक्रममार्फत एकता घोषणा गरिने तयारी छ। एकतापछि रावल पक्षका केही नेताहरूलाई केन्द्रीय कमिटी र राजनीतिक समितिमा जिम्मेवारी दिने सहमति भएको बताइएको छ।

रावल पक्षबाट पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्व प्रदेशसभा सदस्य हर्क कुँवर, प्रकाश शाह, दूधकला विष्टलगायत एक दर्जनभन्दा बढी नेताहरूको नाम सिफारिस भएको स्रोतले जनाएको छ।

पार्टीभित्र डा. रावललाई केन्द्रीय कार्यालय (हाइ कमाण्ड) मा राख्ने निर्णय गरिएको छ। बरियताको हिसाबले प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठपछि डा. रावल छैटौं स्थानमा रहने सहमति भएको नेताहरूले बताएका छन्।

हाल नेकपामा प्रधानमन्त्री भइसकेका तीन नेता (प्रचण्ड, नेपाल, खनाल) र उपप्रधानमन्त्री भइसकेका तीन नेता (वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा) रहेका छन्। डा. रावल ती नेतापछिको छैटौं बरियतामा रहनेछन्।

You might also like
Leave A Reply

Your email address will not be published.