

बैतडी : बैतडीमा भएको जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको परिचय खुलेको छ।
दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–कै २८ वर्षीय भान देव भट्ट र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकैको झैलेक भिरमा सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजे दुर्घटनामा परेको हो।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



