भागेश्वर गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। बिहीबार गाउँपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममार्फत पालिकालाई औपचारिक रूपमा उक्त घोषणा गरिएको हो।

चालु आर्थिक वर्षमा १६ देखि ५९ महिनासम्मका ६ सय ७ जना बालबालिकालाई सरकारले तोकेअनुसारका सबै खोप अनिवार्य रूपमा प्रदान गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिकाका अध्यक्ष हेमराज चटौतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी प्रमुख अतिथि तथा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँद विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हेमराज चटौतले लक्षित सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको र आवश्यक प्रमाणीकरण तथा अनुगमन प्रक्रिया पूरा भएपछि पालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको जानकारी दिए।

उनले भौगोलिक विकटता, आर्थिक अभाव तथा विभिन्न चुनौतीका बाबजुद सबै पक्षको सहयोग र सहकार्यका कारण गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न सम्भव भएको बताए। खोप कार्यक्रमले शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चटौतले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए।

प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले बालबालिकाको पूर्ण खोप सुनिश्चित हुनु स्थानीय तह मात्र नभई समग्र सरकारकै महत्वपूर्ण उपलब्धि भएको बताए। उनले खोपको महत्वलाई सामान्य रूपमा नलिन आग्रह गर्दै खोपकै कारण विगतमा देखिने गरेका विभिन्न महामारी तथा स्वास्थ्य समस्यामा कमी आएको उल्लेख गरे।

Dadeldhura Hospital

भण्डारीले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको बताउँदै खोप कार्यक्रमका कारण बाल मृत्युदर घटेको, स्वास्थ्य अवस्थामा सुधार आएको तथा समाजमा सकारात्मक परिवर्तन देखिएको धारणा राखे।

उनले खोप कार्यक्रमलाई साझा जिम्मेवारीका रूपमा लिएर अगाडि बढ्न आग्रह गर्दै खोपले १४ प्रकारका रोगबाट बचाउने र राज्यको लगानी जनतासम्म पुर्‍याउन स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको बताए।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले खोप मानव जीवन रक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बालबालिकालाई निःशुल्क प्रदान गरिने खोपमा राज्यको ठूलो लगानी रहेको बताए। उनले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई गाउँपालिकाले उच्च सम्मान गर्नुपर्नेमा जोड दिए।

उनले जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाले पूर्ण खोप पालिका घोषणा गरेपछि जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई नै पूर्ण खोपयुक्त घोषणा गरिने जानकारी दिए।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर साहुले गाउँपालिकाका सबै वडामा पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण सम्पन्न भइसकेको र चालु आर्थिक वर्षमा १६ देखि ५९ महिनासम्मका ६ सय ७ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताए।

उक्त कार्यक्रममा वडाका उत्कृष्ट स्वयमसेविकालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.