ईभी हाइसको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु,

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : कैलालीमा हाइसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। दुर्घटनामा संलग्न हाइसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–३ फाप्लास्थित हुलाकी सडक खण्डमा बुधबार राति करिब १० बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५८० नम्बरको ईभी हाइसले पैदलयात्रीलाई ठक्कर दिएको थियो। हाइसको ठक्करबाट धनगढी–३ चटकपुर बस्ने १८ वर्षीय कालु राना गम्भीर घाइते भएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

घाइते रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर चिकित्सकले राति ११:१० बजे उनलाई मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि हाइस र चालक फरार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा बिहीबार बिहान करिब ६ः५० बजे दुर्घटनामा संलग्न चालक पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सीनाका अनुसार कञ्चनपुरको लालझाँडी गाउँपालिका–५ बस्ने ४५ वर्षीय लोकेन्द्र पाण्डेयलाई कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया चोकबाट पक्राउ गरिएको हो। इभि धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित ईभी चार्जर स्टेसनबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चालक र हाइसलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.