आलिताल-६ बाट बिष्णु बिष्टले गरे स्वतन्त्र उम्मेद्बारी दिने घोषणा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

चैत्र २६ आलिताल ,आउदो स्थानिय तहको निर्वाचनमा आलिताल ६ बाट बिष्णु बिष्टले वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेद्बारी दिने भएका छन ।
बिष्टले केही महिना पहिला माओबादी केन्द्रबाट उम्मेद्बारी दिने कुरा आए पनि आज सामाजिक सन्जाल फेसबुक मार्फत आफ्नो स्वतन्त्र उम्मेद्बारी घोषणा गरेका हुन । उनले भनेका छन “आलिताल गाउँपालिकाको राजनीतिक र सामाजिकीकरणमा शुद्धीकरण गर्ने प्रयास स्वरुप आलिताल गाउँपालिका वडा नं ६ निवासी म बिष्णु बहादुर बिस्टले वडा नं ६ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेको छु । साथै सम्पूर्ण वडा बासीमा मेरो उम्मेदवारी घोषणा अभियानमा सहयोग गर्नका लागि सादर अनुरोध गर्दछु!”
उनले थपेका छन मेरो उम्मेद्बारी किन ? भन्दै बुदागत रुपमा यसरी लेखेका छन ।

१.वडा अध्यक्षले पाउने भत्ता अन्य पेट्रोल खर्च देखि लिएर सम्पुर्ण वडा अध्यक्षले पाउने सेवा सुबिधा ६ नम्बर बासीका अति गरिब ,अपाङ्ग,६०बर्ष माथीका आमाबुवालाइ दिने छु!
२.निस्वार्थ भएर ६ नम्बर जन्ताको हितमा बिकास निर्माणका काम गर्ने छु!!
३.वडा न.६ का सबै समस्य ३ बर्ष भित्र समाधान गर्ने छु!सम्पुर्ण वडा बासिले मलाइ स्वतन्त्र बाट अत्यधिक बहुमतले बिजय गराउनु भयो भने हाम्रो वडा न.६ लाई आलिताल गाउँपालिकाको नमुना वडा बनाउने छु। अहिले  उनले माओबादी केन्द्र परित्याग समेत गरेको बताएका छन

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.