आजबाट आलितालको दुर्गा मा.वि. तिन तारे विद्यालय (फोटो फिचर)

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका विभिन्न वडाका बिद्यालयलाई तीन तारे बिद्यालय गर्ने क्रममा आज आलिताल ८ को दुर्गा माध्यमिक विध्यालयलाई एक कार्यक्रम गरि तिन तारे विध्यालय घोषणा गरिएको छ।
आलिताल गाउँ पालिका ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा बिद्यालयलाई तीन तारे घोषणा गरिएको हो ।


विद्यालयले पुरा गर्नुपर्ने दश सूचकहरु पूरा गरिसकेकोले उक्त विद्यालयलाई तिन तारे विध्यालय घोषणा गरिएको जलस्रोत ब्यबस्थापन परियोजना अधिकृत हेम राज पनेरुले बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनले भने खानेपानी, शौचालय, सफा, स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपद जोखिम व्यवस्थापन, अनुगमन जवाफदेहिता जस्ता मापदण्डहरु पूरा गरिसकेका बिद्यालयलाई हामिले तीन तारे घोषणा गरिएको हो ।

हाल सम्म तीन तारे घोषणा हुनेमा आलिताल १ को भुवनेस्वरी मा बि हर्तोला तेस्तै गरि आलिताल ४ को कृष्ण कालिका मा बि र आलिताल ५ को बाल कल्याण आधारभुत बिद्यालय र दुर्गा माध्यमिक विध्यालय डोला रहेको छ ।भने बकि आलिताल ८ हम्तदको जनज्योती आधारभुत बिद्यालय र आलिताल ७ को गौरीशंकर मा.बि.हरुले पनि मापदण्ड पूरा गरि सकेकोले तुरुन्तै तिनतारे घोषणा गरिने बताए ।

Dadeldhura Hospital

घोषणा कार्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम आलिताल गाउंपालिकाका अध्यक्ष बल बहादुर गरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा गाउंपालिकाका उपाध्यक्ष जला बिष्ट बोगटी,वडा न. ५ का वडा अध्यक्ष प्रकास बमेहरा,निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर क्षेत्री,कार्यपालिका सदस्य कृष्णा राना मगर,वडा सदस्य धन बहादुर देउवा बिभिन्न संघसस्थाका प्रतिनिधि,पत्रकार,अभिभाबक तथा बिध्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.