बैतडीमा हराएको एक महिना पछि बालकको कंकाल फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा हराएको एक महिनापछि रमेश भट्टको कंकाल भेटीएको छ ।

Dadeldhura Hospital

गत साउन ७ गतेदेखि हराएका पञ्चेश्वर गाउँपालिका ४ कनिना डाङ्गाका माधव भट्टका छोराका १४ बर्षीय रमेश भट्टको कंकाल भेटीएको हो। भट्टको कंकाल खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयले भेटाएका हुन् । गाउँपालिकाको वडा नम्बर ३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको शव फेला परेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

रमेशले प्रयोग गरेरका चप्पल र कपडाको आधारमा उनको कंकाल पहिचान भएको थियो । रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ ।

घरबाट हराएका रमेश सुस्त मनस्थितीका थिए । हराएको दिन नै परिवारले रमेशको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.