सिन्धुलीमा बैंक लुटपाट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ। लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ७:४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र योजना बद्ध रूपमा लुटपाट भएको हो। लुटेराले बैंकभित्रको नगद भरेका बोरा–बोरासहित जंगलतर्फ फरार भएका छन्।
लुटपाटपछि राति स्थानीयले बोरा पैसा फेला पारेका छन्। लुटपाट लागत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी परिचालन भएको छ । प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी जारी राखेको छ। कति रकम लुटियो भन्ने आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.