कञ्चनपुरमा नक्कली भारतीय नोटसहित पाँच जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२१ भदौ, कञ्चनपुरमा प्रहरीले नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति भारतीय नम्बर प्लेट ९युपी १४ बीएच २०७३० को गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा पाँच सय दरका १४७ थान भारतीय नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह बस्ने ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारत बरेली तेसिलमिगञ्ज बस्ने २५ वर्षीय कुलदीप चतुर्बेदी, बरेली फटितेगञ्जका २० वर्षीय अमित यादव र भारत बरेली उदमासिहंनगर उत्तराखण्डका २४ वर्षीय हिंमासु शर्मा रहेका छन्।

प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार इलाका प्रहरी कार्यालय झलारीको टोलीले सूचनाका आधारमा गाडीलाई पछ्याएको थियो। सो क्रममा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित नेपाली सेना श्री रणसिंह सुरक्षा गण पोस्टमा गाडी रोकेर चेकजाँच गर्दा नक्कली नोट बरामद भएको हो।

बरामदसहित गाडी नियन्त्रणमा लिइएको र पाँचै जना पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.