बझाङमा भएको जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङ बझाङमा भएको जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जिप दुर्घटनाका घाइते सोही वडाको बुड्खोरीका २५ वर्षीय रमेश महत (इनार)को मृत्यु भएको हो ।

Dadeldhura Hospital

भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । दुर्घटनामा परी घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटनामा परेर एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका रमेश महत, रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र निरन धामी घाइते भएका छन्। घाइते महतको मृत्यु भएको छ । महतको टाउको र कम्मरमा चोट लागेको थियोे।

त्यस्तै वर्ष २२ का प्रकाशको हात र कम्मरमा चोट लागेको छ । उनको अवस्था चिन्ताजनक छ। घाइते भएका सबैजनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप चालक विनोद धामी सहित ९ जना सवार थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.