हङकङलाई हराउँदै नेपाल फाइनलमा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ । हङकङलाई फराकिलो अन्तरले हराउँदै नेपाल त्रिदेशीय टी-२० शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ। काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले हराएको हो।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले आठ विकेट गुमाएर १३४ रनमै मात्रै बनायो। हङकङका लागि अंशी राठले ४५, एजाज खानले २५, बाबर हयातले २०, हारुन अर्षदले १२ र स्कट म्याकेनले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले दुई/दुई तथा दीपेन्द्रसिंह ऐरी र प्रतिष जीसीले एक(एक विकेट लिए।

Dadeldhura Hospital

यसअघि ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २१३ रन बनाएको थियो। कुशल मल्लले ४१ बलमा ९२ रन बनाए। उनले तीन चौका र नौ छक्का प्रहार गरे।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ३४ बलमा ६ चौका र दुई छक्काको मद्दले ५७ रन बनाए। आशिफ शेखले २०, रोहित पौडेलले ११, सोमपाल कामीले आठ र कुशल भुर्तेलले दुई रन बनाए।

हङकङका लागि इशान खान र हारुन अर्षदले दुई(दुई तथा आयुष शुक्ला र एजाज खानले एक(एक विकेट लिए। यो जीतसँगै नेपालको ६ अंक भएको छ। यसअघि भएका दुई खेलमा पनि नेपालले हङकङ र यूएईलाई पराजित गरेको थियो।

हङकङ र यूएईले अंक जोड्न सकेका छैनन्। दुवै टोलीमध्ये अंक तालिकामा माथि रहेको टोली फाइनलमा प्रवेश गर्नेछ। दुवै टोलीबीच दुई खेल हुन बाँकी छ। त्यस्तै, नेपालले अर्को खेल सोमबार यूएईसँग खेल्नेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.