सिकलसेल एनिमिया रोगसंग लडिरहेका निरजलाई बचाउन मञ्चको अपिल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

   कैलारी गाउंपालिका निवासी निरज कठरिया(निक्का बोस)को उपचारमा समस्या हुदा आर्थिक संकलन अभियान चलाईएको छ । राट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशले सो अभियान चलाइको हो । कैलारी गाउंपालिका वडा न. २ स्थायी घर भएका कठरियालाई सिकलसेल एनिमिया भए पश्चात आर्थिक समस्या हुदा उपचारमा समस्या भएको हो । विगत लामो समयदेखि बिभिन्न अस्पतालमा उपचार गराईरहेका कठरियालाई थप उपचार गर्न आर्थिक समस्या भए पछि आर्थिक सहयोग संकलन अभियान चलाईएको मञ्चका अध्यक्ष संगत थारुले बताए । थारुका अनुसार कठरिया मञ्चका सदस्य समेत रहेको बताए । मञ्चका अनुसार कठरियालार्ई सिद्धार्थ बैंकमा रहेका निरज कठरियाको खाता न. ०१११७५६९२३० मा सहयोग रकम जम्मा गर्न सकिने छ ।
अहिले धनगढी स्थीत नोभा हस्पिटलले निःशुल्क उपचार गरिरहे पनि थप उपचार गर्न अर्कै अस्पताल जानु पर्ने भएकोले आर्थिक समस्या भएको समाजसेवी बिनोद पाण्डेले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.