खुट्टामा पुतलीको ट्याटू खोपेको महिलाको शव कैलालीको सामुदायिक वनमा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका– ६ स्थित सरस्वती सामुदायिक वनमा प्रहरीले शव मंसिर ६ गते (बुधवार) फेला पारेको हो।

नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत फेला परेकी महिलाको खुट्टामा पुतलीको ट्याटू पनि रहेको प्रहरीले राखेको फोटोमा देख्न सकिन्छ । प्रहरीका अनुसार अहिले सम्म मृत महिलाको वतन संग मिल्ने कुनै हराएको जाहेरी समेत नपरेकोले पहिचान हुन सकेको छैन । शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.