सत्ता गठबन्धनले बाँकी उपमहानगरको टुंगो आज लगाउने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ : सत्ता गठबन्धनका दलबीच गए राति दुई बजेसम्म बसेको बैठकले पनि महानगर र उपमहानगर बाँडफाँटमा अन्तिम टुंगो लगाउन सकेन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दुई पटक बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज बिहान फेरि बस्ने गरी सकिएको थियो। बैठक आज बिहान ११ बजे पुनस् बस्नेछ।

Dadeldhura Hospital

हालसम्म ६ वटा महानगरमध्ये तीन वटाको मेयर कांग्रेसलाई र बाँकी तीन महानगरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले पाउने सहमति बनिसकेको छ।कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर, माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज पाएका छन्। उपमेयर अर्को दललाई दिइने छ। ११ उपमहानगरपालिकामध्ये धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ। त्यस्तै, जनकपुर उपमहानगर जसपालाई, घोराही र जितपुर सिमरा माओवादीलाई र हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका उनीहरुबीच दुई उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो। जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० बीच कुरा नमिलेपछि बैठक लम्बिएको एक नेताले बताएका छन् । सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलबीच महानगर र उपमहानगरमा तालमेलको विषय सहमति नजिक पुगेको बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.