मोटरसाइकलको ठक्करबाट आलिताल घर भएका प्रहरी जवानको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

हेटौंडा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट आतिलाल गाउँपालिका–६ घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

मोटरसाइकलले डडेल्धुरा आतिलाल गाउँपालिका–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीलाई ठक्कर दिएको हो । प्रहरी जवान एडी पिटी गर्नेक्रममा दौडिरहेका थिए ।

दुर्घटनापछि घाइते भएका प्रहरी जवान ऐडीको हेटौंडा अस्पताल मृत्यु भएको डिएसपी भण्डारीले बताए ।

मोटरसाइकलले अन्य दुई जना प्रहरीलाई पनि ठक्कर दिएको थियो । ठक्करबाट प्रहरी जवान नवराज सार्कीको दायाँ हात र प्रहरी जवान विजय खत्री सामान्य घाइते भएका छन् ।

मोटरसाइकल चालक हेटौंडा–४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा पनि घाइते भएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.