बैतडीमा शिक्षिकाबाट ‘विरभान’को हत्या गरेको स्विकार,शव व्यवस्थापन गर्न दिएकी थिइन अटोचालकलाई जिम्मा

‘विरभान’को हत्या गरेर फालिएको थियो खोल्सामा शब

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:बैतडीमा एक जना पुरुषको हत्या गरेको शिक्षिकाले स्विकार गरेकी छन्।

२६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी हुन्। भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी छन्। उनी पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभानसिंह बिष्टको हत्या आरोपमा पक्राउ परेकी छन्। भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको हो। शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छ। विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा थिइनन्। स्थानीयका अनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन्।

हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र लाश लुकाएकी थिइन्। उनले आइतबारराति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ। तर, सोमबार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए। त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो।

हत्याको कारण भने अझै खुलेको छैन। तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ। स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन्। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती पुरुषको हत्यामा अन्य दुई जना सहयोग भएको समेत पाइएको छ।

ती सयोगीहरु बैतडीबाट धनगढी जान लागेको सूचना प्राप्त भएपछि १२५३ को बसमा बसेका उनीहरुलाई पक्राउ गर्न डडेल्धुरा प्रहरीलाई खबर गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। ‘भागरथीले ती पुरुषको हत्या गरिसकेपछि लाश व्यवस्थापन गर्न आफ्ना सहयोगीलाई २०÷३० हजार रुपैयाँ दिएको भन्ने छ तर ती व्यक्तिहरु फेला परेका छैनन्। उनीहरु मेलौलीबाट धनगढी जाने बसमा चढेपछि पक्राउ गर्न सम्वन्धित प्रहरीलाई जानकारी गराइसकिएको छ।’

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.