जब बझाङबाट काठमाडौं गइरहेको यात्रु बसमाथि पहिरो खस्यो..

sc mahendra

डडेल्धुरा: बझाङबाट काठमाडौंतर्फ गइरहेको बस ठूलो दुर्घटनाबाट जोगिएको छ ।

शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेराको भ्यागुते खोलानजिक सडकमाथिबाट खसेको पहिरो बसमै परेको थियो ।

सबैभन्दा पछाडि रहेको उक्त यात्रु बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन सकेन ।

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन ।
अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् ।

मनसुनको समय भएकाले खासगरी पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सुदूरपश्चिमी पहाडमा पनि पहिरोको उच्च जोखिम यथावत छ ।

You might also like
Leave A Reply

Your email address will not be published.