आलिताल गाउँपालिकाद्वारा २४ जना स्वयंसेवी गणकको माग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाले २४ जना स्वयंसेवी गणकको माग गरेको छ। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै स्थानीय वस्तुस्थिति विवरण संकलन गर्नका लागि स्वयंसेवी गणकको माग गरेको हो।

८ वटा वडा रहेको गाउँपालिकाको सूचना तथा संचार प्रविधिमा आधारित गाउँ वस्तुस्थिति विवरण संकलन गर्नका लागि २४ जना स्वयंसेवी गणक छनोट गरिन लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले जानकारी दिए।

विवरण संकलनका लागि स्वयंसेवी गणकहरूलाई एक महिना फिल्डमा खटाइने जनाइएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत रावलका अनुसार कक्षा १२ पास गरेका स्थानीय नागरिकहरूले असार १ गतेभित्र गाउँपालिका कार्यालयलमा आवेदन दिइसक्नुपर्ने छ।

गाउँपालिकाले जारी गरेको सूचना :

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.