रास्वपाका सभापति लामिछानेद्वारा स्वेच्छिक गिरफ्तारी, चितवनको सभा नरोक्न आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्मानित अदालतको आदेशको सम्मान गर्दै स्वेच्छिक रूपमा गिरफ्तारी दिएको घोषणा गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै आफैं आजै अहिले नै गिरफ्तारी दिन लागेको बताएका हुन्।

लामिछानेले लेखेका छन्, “सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै। म न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउनेछु।”

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यो पनि पढ्नुहोस्

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

आफूमाथि ठूलो अन्याय भएको उल्लेख गर्दै उनले चितवनमा तय भएको सभा नरोक्न पनि आग्रह गरेका छन्।
“म माथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्,” लामिछानेले भनेका छन्।

यो घटनाले देशभर राजनीतिक चासो र बहस सिर्जना गरेको छ। समर्थकहरू र पार्टी कार्यकर्ताहरू चितवनको सभालाई सफल बनाउन तयारीमा जुटिरहेका छन्।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.